ललितपुर ३ मा तोसिमा कार्कीको पुन: अग्रता
ललितपुर | मंसिर ५, २०७९
काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुन: अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् ।
नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए । माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् ।
यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

